उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २७

सिओल : उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। संयुक्त राष्ट्रसंघले मिसाइल प्रहार नगर्न पटक-पटक गरेको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले मंगलबार बिहान मिसाइल प्रहार गरेको अलजजीरामा समाचार छ। 

अमेरिका, जापान, दक्षिण कोरिया लगायत मुलुकले उत्तर कोरियाको यस्तो कदमको निन्दा गरेका छन्। हाइपर सोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै उत्तर कोरियाले अर्को हतियार परिक्षण गरेको हो। 

उत्तर कोरियाले  पूर्वी सागरमा संदिग्ध ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्।  उत्तर कोरियाले निरन्तर रुपमा गरेको क्षेप्यास्त्र प्रहारप्रति जापानका प्रधानमन्त्री फुमियो किशिदाले गहिरो निन्दा गरेको अन्तराष्ट्रिय संचारमाध्यममा समाचार छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *