उत्तर कोरियाद्वारा जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १२

काठमाडौं । उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ।

उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो।

केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *