एआई मोडेल बनाउन शक्तिशाली कम्प्युटर डिभाइस आवश्यक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३

काठमाडौं । पछिल्लो समय नेपालमा एआईसम्बन्धी स्टार्टअप र विद्यार्थीहरू नयाँ नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । तर, एआई मोडेल बनाउन शक्तिशाली कम्प्युटर डिभाइस आवश्यक पर्छ । यस्ता पूर्वाधार खरीद र सञ्चालन गर्न निकै महँगो पर्ने गरेको छ ।

महँगो पूर्वाधारमा पहुँच नहुँदा इनोभेसन गर्दा आउने समस्या समाधान गर्न नेपालमा आधारित रहेको स्टार्टअप अंक (एक्सिलेरेटेड कम्प्युटिङ) ले इन्फ्रास्ट्रक्चर एज अ सर्भिस (IaaS) सेवा सुरु गरेको छ । कम्पनीका सह-संस्थापक अमित रेग्मीका अनुसार भक्तपुरको सुर्यविनायकको सिपाडोलमा कोठा भाडामा लिएर १९ वटा कम्प्युटर राखिएका छन् ।

विद्यार्थी र एआई स्टार्टअपले अङ्कको उच्च क्षमतायुक्त यी जीपीयू पूर्वाधारलाई रिमोट एक्सेस मार्फत सुलभ दरमा भाडामा लिएर आफ्ना एआई मोडेलहरू तालिम दिन र जटिल इन्जिनियरिङ अनुसन्धान गर्न सक्छन् ।

यो पूर्वाधारको सुरुवात व्यापारिक योजनाभन्दा पनि आन्तरिक आवश्यकताबाट भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *