गार्मा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २१

सोलुखुम्बु :  गार्मा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा माध्यमिक विद्यालय गार्मामा आज कम्प्युटर ल्याबको उद्धाटन गरिएको हो ।  उक्त कम्प्युटर ल्याबमा नयाँ २४ वटा रहेको र पुरानो समेत गरेर ५० भन्दा बढी रहेकाले एकै पटकमा ५० जना भन्दा धेरै विद्यार्थीले सिक्न सक्ने बताएको छ । प्रोजेक्ट लाइफ संस्थाले २४ वटा कम्प्युटर प्रदान गरेको विद्यालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *