असार २, सोलुखुम्बु — महाकुलुङ गाउँपालिकामा दुईदिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउन्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्यमा आयोजित कार्यशालामा प्रारम्भिक बाल विकासमा लगानीको आवश्यकता र स्थानीय तहको भूमिका स्पष्ट पारिएको थियो।
कार्यशालाबाट ११ सदस्यीय विषयगत समिति गठन गरिएको छ, जसले शिक्षा, स्वास्थ्य, पोषण, कृषि, सरसफाइ लगायतका क्षेत्रमा एकीकृत योजना बनाउनेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १५ लाख रुपैयाँ बराबरको बाल विकास योजना माग गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
३६ सहभागीले गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न समन्वयात्मक भूमिकाको प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यशालामा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्