केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन्,’ ज्ञवालीले भने, ‘सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या हुने नै भयो ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *