
रसुवा – रसुवा कोरोनाभाइरसविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्दैछ । खोप लगाउन योग्य १८ वर्षमाथिका नागरिकहरूलाई खोप लगाउन अन्तिम चरणमा पुगेसँगै रसुवा जिल्ला कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्न लागेको हो ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार एक सय ६ जनामध्ये हालसम्म ९२ दशमलब ४४ प्रतिशतले पहिलो मात्राको खोप पाएका छन् ।
त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ७० दशमलब ८८ प्रतिशतले लगाएका छन् । भदौ महिनाभित्र १८ वर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्य एक महिना पर धकेलिएको छ । अब असोजभित्रमा बाँकी रहेका खोप लगाउन योग्यलाई पूर्ण खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया