विदेश भ्रमणका लागि यी २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ५

५ असार, काठमाडौँ । विदेश भ्रमणमा जान चाहनेहरुका लागि सरकारद्धारा २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिइएको छ । सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

उक्त निर्णय अनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिइने भएको हो। यसका साथै प्रक्रिया पुर्‍याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिइने बताइएको छ।

मान्यता प्राप्त गरेका अस्पतालहरुको सूचि :

  • ग्राण्डी
  • कान्तिपुर
  • स्टार
  • ह्याम्स
  • काठमाडौँ मेडिकल कलेज
  • नेपाल मेडिसिटी
  • वी एण्ड वी
  • अल्का
  • कान्तिपुर डेन्टल
  • जनमैत्री
  • नेपाल मेडिकल कलेज
  • नेपालगञ्ज मेडिकल कलेज
  • चितवन मेडिकल कलेज
  • लुम्बिनी मेडिकल कलेज
  • नेशनल मेडिकल कलेज
  • युर्निभर्सल मेडिकल कलेज, भैरहवा
  • मनमोहन मेमोरियल
  • काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज, धुलिखेल
  • नोवेल मेडिकल कलेज, विराटनगर
  • न्यूरोकार्डियो अस्पताल, विराटनगर
  • विराट मेडिकल कलेज, विराटनगर
  • लेप्रोसी मिसन नेपाल अस्पताल, ललितपुर

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *