ओखलढुंगामा नेपाली सेनाद्वारा गरियो कोरोनाबाट मृत्यु भएकी महिलाको शव ब्यवस्थापन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ११

१० जेठ, काठमाडौं। प्रदेश नं १ स्थित ओखलढुंगा जिल्लामा आज कोरोनाबाट मृत्यु भएकी ५८ वर्षीया महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । ती महिलाको शव सेनाको अरिदमन गणले लीपेखोलामा व्यवस्थापन गरेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिए अनुसार परिवारको अनुरोधमा शव जलाउने तयारी गरिएको भएतापनि वर्षाका कारण अवरोध निम्तिए पश्चात महिलाको शव खाडलमा पुरेर व्यवस्थापन गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *