विवाह बन्धनमा बाँधिइन् नायिका नीति शाह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाण्डौँ । नायिका तथा पूर्व मिस नेपाल नीति शाह विवाह बन्धनमा बाँधिएकी छिन् ।

उनले आज प्रेमी याञ्चित राणासँग लगनगाँठो कसेकी हुन् । खासमा यी दुईको कानूनी विवाह गत वैशाखमै भएको थियो । धार्मिक विधिअनुसार भने यी दुईले आज विवाह गरेका हुन् ।

विवाह हुनु एक सातादेखि नै यो जोडीले लगातार विभिन्न समारोहको आयोजना गरिरहेका थिए । ब्याचलरेट पार्टी पछाडि बुधबार राती दरबारमार्गस्थित त्रिसरा रेस्टुरेन्टमा नीति र याञ्चितले निकट सेलिब्रेटी र साथीहरूको उपस्थितिमा ककटेल पार्टीको आयोजना गरेका थिए ।

पूर्वमिस नेपाल आस्माकुमारी केसीले होस्ट गरेको उक्त पार्टीमा फिल्म, संगीत, पूर्वमिस नेपालहरू र मोडलिङ क्षेत्रका चर्चित सेलिब्रेटी सहभागी देखिएका थिए । पार्टीमा २० वटा बढी पर्फमेन्सहरु भएका थिए । मध्यरातसम्म चलेको यो पार्टीमा नीतिको चलचित्र ‘मोहर’का को–एक्टरहरू पल शाह र बेनिशा हमालले पनि नृत्य प्रस्तुत गरेका थिए ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनका प्रेमी याञ्चित राणा भने पेशाले एरोस्पेस इन्जिनियर हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *