चलचित्र विकास बोर्डले गर्यो १५ चलचित्रकर्मीलाई पुरस्कृत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने १५ जना चलचित्रकर्मी पुरस्कृत भएका छन् । संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले आज एक समारोहकाबिच कलाकार शिव श्रेष्ठसहित १५ जना चलचित्रकर्मीलाई पुरस्कृत गरेको हो ।

जसमा कलाकार शिव श्रेष्ठ,सबिता गुरुङ, हेमन्त बुढाथोकी, स्वर्गिय केशव भट्टराई, नाजिर हुसेन, निर्देशक तीर्थ थापा, सम्झना रौनियार, रिमेश अधिकारी, संगीतकार,गायक तथा निर्देशक यस कुमार, चलचित्र पत्रकार ध्रुव लम्साल पुरस्कृत हुनुभएको छ ।

यसैगरि, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू, निर्माता, निर्देशक युवराज लामा, किशन पोखरेल, रंग संयोजक तथा प्राविधिक रेनीश फागो, गायिका अन्जु पन्त पुरस्कृत हुनुभएको छ ।
उहाँहरुलाई सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल, सचिव राधिका अर्यालको समुपस्थितिमा “सांस्कृतिक रूपान्तरण पुरस्कार” प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री खरेलले चलचित्र क्षेत्रमा भएका समस्या स्पस्ट रुपमा लेखेर ल्याउन आग्रह गर्दै आफ्नो ६ महिने कार्यकालमा नेपाली चलचित्रको क्षेत्रमा भएका समस्या सुल्झाउन प्रतिबद्ध रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *