राजेश हमालको आत्मकथा ‘युगदेखि युगसम्म’ सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

२५ असोज, काठमाडौं — अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा अभिनेता हमाल र पत्रकार/लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा आधारित पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रको अनुभव, संस्मरण, सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन्। कार्यक्रममा बोल्दै हमालले पुस्तक तयार गर्न झण्डै तीन वर्ष लागेको जानकारी दिए।

पुस्तकमा राजनीति, धर्म र मनोविज्ञानसँग सम्बन्धित विषयवस्तुहरू समेत समेटिएको उनले उल्लेख गरे। ‘फाइन प्रिन्ट’ले बजारमा ल्याएको यो पुस्तक नेपाली सिनेमाका सुपरस्टार हमालको जीवनको भित्री पाटो उजागर गर्ने कोशिस हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *