लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ६

पोखरा । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।

लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो ।

त्यस्तै, गीत, सङ्गीत एवम् साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मान गरियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सम्मानित स्रष्टालाई सम्मान गर्दै गीतसङ्गीतबाट सामाजिक न्यायसहितको समृद्धि आवश्यक भएको बताउनुभयो । “हामीले गीत र सङ्गीतको क्षेत्रबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायमा जोड्न दिनुपर्ने आवश्यक छ,” उहाँले भन्नुभयो, “राष्ट्रको सम्पत्तिका रुपमा रहेका संस्कृति र सङ्गीतको सही उपयोगबाट समृद्धि प्राप्त गर्न सकिन्छ ।”

‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट पप गीतमा चेतन राई, पप सङ्गीतमा सुदीप फेल्डर, पप म्युजिकमा अमित गुरुङ, पप एरेन्जतर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गीतमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गीतमा गोविन्द चापागाईं, मात्री भाषामा राजबहादुर गुरुङ, मौलिक लोकगीतमा रामचन्द्र ढकालले अवार्ड जित्न सफल हुनुभएको संस्थाका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट भजनमा सन्तोष अधिकारी, गाउँ चिनारी गीतमा सरिता अधिकार, सुगम गीतमा टेकनारायण चापागाईं, आधुनिक गीतमा विनोद बानियाँ, आधुनिक गीत रचनामा शान्ति सुनार, आधुनिक गीत म्युजिकमा जयकुमार परियार, आधुनिक गीत एरेन्जमा विवी अनुरागी, लोकगीतमा जीवन दाहाल, दोहोरी गायक पुरुषतर्फ कमल सुशान्त केसी, सोही इभेन्टमा महिलातर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्जतर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित हुनु भएको थियो ।

उहाँका अनुसार नवअभिनय पुरुषतर्फ राधाकृष्ण बस्यौला, उक्त इभेन्टको महिलातर्फ सरिता दानाकोटी, म्युजिक भिडियो निर्देशन शिवराज भुर्तेल, दृश्य सम्पादनमा राजकुमार मगर, म्युजिक भिडियो छायाङ्कन गणेश सापकोटा, अभिनयतर्फ अविरल अधिकारी, हास्य अभिनयमा राजेन्द्र नेपाली÷युवराज भण्डारी, लोकदोहोरी गीतमा तारापति सुवेदी सम्मानित हुनुभयो ।

दर्शक छनोटबाट दीपक थापा मगर, जुरी अवार्डबाट निर्मल खत्री, किसन नेपाली, सुवास अम्गाईं सम्मानित हुनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, संस्थाका अध्यक्ष कृष्णबहादुर राउत लगायतले लोकदोहोरी, सङ्गीतलगायत विविध क्षेत्रको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *