बिक्रम राइको ‘गोक्यो रि’ गिनिज बुकको बिस्व रेकर्डमा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १०

काठमाडौं-नेपाली गीतसंगीतमा निक्कै अब्बल र लोकप्रिय गायक बिक्रम राइको सांगीतिक यात्रा हाल निकै चर्चाको विसय बनेको छ। पहिलो नेपाल आइडलका बिजेता समेत रहेका राइ गीतसंगीत क्षेत्रमा रमाई रहेका छन्। यसैबीच उनले गिनिक बुकमा आफ्नो नाम राख्न सफल पश्च्यात उनि निक्कै ब्यस्त गायकको रुपमा पनि चिनिन्छन।
उनको पछिल्लो गीत ‘गोक्यो रि’ नामक गीतले गिनिक बुकमा नाम लेखाउन सफल भएको हो। उक्त गीतमा बबिना राइको स्वर रहेको छ भने संगीतमा फनिन्द्र राइ रहेका छन्।गीतलाइ छिरिङ् भोटेले अडियोमा साथ दिएका हुन्। दुर्लव जन्तरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडेल गायीका आफै रहेकी छिन् ,पुरुष मोडलमा अनिश मगर ,बाल कलाकारमा भने दस बर्षीय रायल राइ रहेका छन्। छायांकन तथा सम्पादनमा इशक जबेगुले साथ दिएका छन् भने दुर्गा प्रसाद राइले सहयोगीको भूमिका खेलेका छन्।
गिनिज बुकमा नाम लेखाउने उदेश्यले नै उक्त गीत सर्बाधिक उचाईमा खिचिएको हो भनेका छन् । लाइब बाजागाजा सहित सोहि ठाउमा म्युजिक भिडियोको छायांकन समेत गरेका हुन्। नेपाली गीतसंगीत क्षेत्रमा यसले निक्कै मान्यता र बिस्वब्यापी रुपमा नेपालको नाम राख्न समेत सफल भएका छन्।गत कार्तिकमा उक्त गीतको छायांकन गर्न राइ आफै कलाकार टोलि र अन्य टिमसंग गोक्यो गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *