५१ दिन लगाएर ‘छक्कापञ्जा–५’ को छायांकन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ४

काठमाडौँ : दीपाश्री निरौलाको निर्देशनमा निर्माण भइरहेको ‘छक्कापञ्जा–५’ फिल्मको छायांकन सकिएको छ । फिल्मको छायांकन ५१ दिन लगाएर सकिएको हो । फिल्मको छायांकन कास्कीको पोखरा आसपास र काभ्रे जिल्लाका पाँचखाल र पनौतीमा गरिएको हो ।

निर्माण पक्षका अनुसार अब फिल्मको एउटा गीतको मात्र छायांकन बाँकी छ । निर्देशक निरौलाका अनुसार उक्त गीतको छायांकन भदौमा गरिनेछ । फिल्मले आर्थिक–सामाजिक आयाममाथि व्यंग्य गरेको जनाइएको छ । ‘छक्कापञ्जा–५’ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटीलगायत कलाकारको मुख्य भूमिका छ ।

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको फिल्म आगामी बडादसैंमा रिलिज हुने जनाइएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पञ्जा’ सिरिजको यो पाँचौं फिल्म हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *