सुनको भाउ तोलामा ३ हजार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २४

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *