|
२०८३ बैशाख ११
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्