वीरगन्ज नाकाबाट आयात उकालो, १० महिनामै झण्डै ८ खर्बको सामान भित्रियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १०

चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज भन्सार नाका हुँदै ७ खर्ब ९४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो ।

भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री र मेसिनरी उपकरणको आयात उल्लेख्य रूपमा बढेको छ ।

सबैभन्दा धेरै पेट्रोलियम पदार्थ १ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ । त्यसपछि फलाम तथा फलामजन्य वस्तु, मेसिनरी पार्टपुर्जा र भटमासको कच्चातेल आयात भएको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *