|
२०८३ जेष्ठ ३०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर प्रतिएकाइ खरिद १५१ रुपैयाँ ८८ पैसा र बिक्री १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ खरिद २०३ रुपैयाँ ७३ पैसा र बिक्री २०४ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले लागू गर्ने दरमा केही फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्