काठमाण्डौँ । नेपाली कांग्रेसले महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
साम्बा घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन् । उनले सहयोगको अपिल समेत गरेकी छन् ।
यसै सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको कांग्रेसको केन्द्रिय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसका सभापति गगनकुमार थापाले साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन् ।
सम्बाको उपचारको लागि अन्य पार्टी तथा नेताहरुले समेत आर्थिक सहयगोग गरिरहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्