काठमाडौं । नेपाल राष्ट्र बैंक ले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँमा थप मजबुत देखिएको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८१ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३१ पैसा र बिक्रीदर ११० रुपैयाँ ७५ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ४२ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ।
युरोपियन युरोको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा कायम हुँदा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी स्विस फ्र्याङ्कको खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्