|
२०८३ असार ३०
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि विनियोजन विधेयकमाथि विस्तृत छलफल अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेर ल्याएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्