काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर १६५ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा तोकिएको छ।
अष्ट्रेलियाली डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा, बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा, बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, र सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तय भएको छ। साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा समेत तोकिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ४४ पैसा, बिक्रीदर ४ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा, बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, तथा दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
यससँगै स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा राखिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा, बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा, बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९० पैसा, बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा, र ओमानी रियाल एकको खरिददर ३७१ रुपैयाँ ०१ पैसा तथा बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सकिने र वाणिज्य बैंकहरूले लागू गर्ने दरमा केही भिन्नता हुन सक्ने उल्लेख गरेको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्