शोक सन्देश लिएर उपराष्ट्रपति कतार प्रस्थान गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज तीनदिने औपचारिक भ्रमणका लागि कतार जाँदै छन्।

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलको शोक सन्देश कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सरकारी प्रतिनिधिमण्डलसहित भ्रमणमा जाने यादव असार ३२ गते स्वदेश फर्किनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *