काठमाण्डौँ । सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको गम्भीर प्रकरणमा नयाँ मोड आएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेसँगै यस प्रकरणमा मुछिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) लाई एक पत्र लेख्दै आफूले बुझाएको अर्बौँ रुपैयाँ फिर्ता मागेको हो ।
यस प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरेपछि २२ वैशाख २०८३ मा तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए । जोशीले सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैङ्कलाई मन्जुरीनामा दिएका थिए । जोशीको पक्राउ लगत्तै प्रहरीले लिलामी प्रक्रियामा संलग्न अन्य दुई जना पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा प्रहरीले स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई २९ वैशाखमा पक्राउ गरेको थियो । सीईओ पाण्डे पक्राउ परेकै दिन एनसेलले बैङ्लाई पत्राचार गरेको हो । एनसेलका सीईओ माइकल फोलेद्वारा हस्ताक्षरित पत्रमा आफूले लिलामी सकार गरेको स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरणको स्वामित्व प्राप्त गर्न नसकेको विवरण उल्लेख गरिएको छ ।
एनसेलले बैङ्कगलाई पठाएको पत्रमा बैङ्कले ३ असोज २०८२ मा प्रकाशन गरेको लिलामी सूचना बमोजिम ४ अर्ब ६० करोड रुपैयाँ कबोल गरी बोलपत्र पेस गरेको र सो स्वीकृत समेत भएको उल्लेख छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्