साताको अन्तिम दिन नेप्सेमा सीमान्त वृद्धि, ३ अर्बको मात्रै कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । शुक्रबार बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो ।

शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे भने ६ उपसूचकमा गिरावट आएको देखिएको छ । तर, घटबढ भएका उपसूचकमध्ये कुनैको पनि एक प्रतिशतभन्दा बढी घटबढ भएन ।

बजारमा आज कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजार ४ यस ४४ कित्ता सेयर खरिद–बिक्री भयो । शुक्रबार दिनभरिमा ४३ हजार ६ सय ७४ कारोबार भए जसबाट कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ बराबर किनबेच भयो ।

नेप्से परिसूचकसँगै अन्य उपपरिसूचकमा पनि सामान्य बढोत्तरी देखिएको छ । सेन्सेटिभ इन्डेक्स ०.३४ अंक बढेर ४६७.५५ मा पुगेको छ भने फ्लोट इन्डेक्स ०.०४ अंक बढेर १८५.३५ मा कायम भएको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकको वृद्धिसहित १५७.४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *