सीआईबीले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न प्रक्रिया अघि बढायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १५

काठमाण्डौँ । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन् ।

डा. तीन पूर्वप्रधानमन्त्रीको हकमा भने केही बोल्न चाहेनन् । तर गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।

अहिले त्यही अनुसन्धानलाई थप तिव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *