प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।

मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *