अमेरिका-इरान वार्तामा गतिरोधका कारण डलरको मूल्य आकासियो, सेयर बजारमा भने मिश्रित प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । अमेरिका र इरानबिचको शान्ति वार्तामा गतिरोध उत्पन्न भएपछि सोमबार एसियाली बजारमा अमेरिकी डलर बलियो बनेको छ भने तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै शान्ति वार्ताको प्रस्ताव अस्वीकार गरेपछि पश्चिम एसियामा तनाव थप बढेको हो । इरानले युद्धको पूर्ण अन्त्य, प्रतिबन्धहरूको खारेजी, युद्ध क्षतिपूर्ति र स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रणको मान्यता खोजेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम एसियाको द्वन्द्व ११औँ हप्तामा प्रवेश गर्दा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द प्रायः छ, जसका कारण विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति ठप्प भएको छ । जेपी मोर्गनका अर्थशास्त्री ब्रुस कासम्यानका अनुसार ऊर्जाको मूल्य बढे पनि यो अझै अर्थतन्त्र विस्तार रोक्ने तहमा पुगिसकेको छैन, तर जुन महिनादेखि आपूर्ति प्रणालीमा चरम दबाब सुरु हुन सक्छ ।

सोमबार एसियाली कारोबारमा ब्रेन्ट आयल ४।३ प्रतिशतले बढेर १०५.४७ डलर प्रति ब्यारेल पुगेको छ भने अमेरिकी कच्चा तेल ४।७ प्रतिशतले बढेर ९९.९२ डलर पुगेको छ ।

यस भू(राजनीतिक जोखिमका कारण सुरक्षित लगानीको रूपमा डलरको माग बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *