अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य किन घट्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ७

काठमाण्डौँ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्य घटेको छ । मुद्रा डालोमा आबद्ध मुद्राहरुको तुलनामा डलर सूचक बलियो हुनु र अमेरिका(इरानबिचको बढ्दो तनावका कारण सुन बजारमा दबाब देखिएको विश्लेषण गरिएको छ ।

डलर सूचकाङ्क बलियो हुँदा अन्य मुद्रामा किन्ने लगानीकर्ताका लागि सुन महँगो पर्न जान्छ, जसले माग घटाउँछ । स्टेट अफ होर्मुज फेरि बन्द भएर विश्व बजारमा कच्चा तेलको भाउ उकालो लागेपछि महँगी बढ्ने चिन्ता बल्झिँदा कमाडिटी बजारमा यसको प्रभाव देखिएको हो ।

न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्ड करिब शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ७९३ डलर ९८ सेन्टमा पुगेको छ, जुन अप्रिल १३ यताकै सबैभन्दा न्यून हो । उता, अमेरिकी फ्युचर्स बजारमा जुन डेलिभरीको सुनको मूल्य १ दशमलव ४ प्रतिशतले घटेको छ ।

साथै, अमेरिकी १० वर्षे ट्रेजरी बन्डको ब्याजदर पनि बढेको छ । यसले पनि ब्याज नदिने सुन जस्ता सम्पत्ति प्रति आकर्षण घटाउँछ । अमेरिका–इरान बिचको युद्धविराम पछि आज सुनको घटेको टेस्टि लाइभका ग्लोबल म्याक्रो प्रमुख इल्या स्पिभाकले बताएका छन् ।

पछिल्लो समय बजारले आशा गरेको युद्धविराम कमजोर बन्दै जाँदा व्यापार युद्ध पुनः सक्रिय भएको र यसको असरले कच्चा तेलको मूल्य बढाएर मुद्रास्फीति सम्बन्धी चिन्ता फेरि बढाएको बताइएको छ । यसैबिच स्ट्रेट अफ होर्मुज पुनः बन्द भएपछि तेलको मूल्य उकालो लागेको छ ।

प्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *