ट्रम्पको घोषणापछि एसियाली सेयर बजारमा उछाल, इन्धनको मूल्यमा गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकाले इरान छोड्ने घोषणा गरेसँगै बुधबार एसियाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। तेहरानसँग कुनै सम्झौता भए वा नभए पनि तोकिएको समयमै अमेरिकी उपस्थिति अन्त्य हुने ट्रम्पको भनाइपछि लगानीकर्ताहरू उत्साहित भएका हुन् ।

बुधबारको कारोबारमा जापानको निक्केई २२५ सूचकांक ४.९ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांकमा ८.६ प्रतिशतको ठूलो वृद्धि देखिएको छ। फेब्रुअरी २८ मा इरान युद्ध सुरु हुनुअघिको तुलनामा यी सूचकांकहरू अझै केही तल रहे पनि पछिल्लो विकासक्रमले बजारमा सकारात्मक ऊर्जा सञ्चार गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट आउन थालेको छ । जुन महिनाका लागि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल करिब १०३ डलर कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा १ प्रतिशत कम हो ।

यसअघि मार्च महिनामा ब्रेन्ट क्रुडको मूल्यमा ६४ प्रतिशतको कीर्तिमानी वृद्धि भएको थियो। इरानले स्ट्रेट अफ होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी आपूर्ति प्रणाली ठप्प हुने डरले तेलको मूल्य सन् १९९० को खाडी युद्धयताकै उच्च विन्दुमा पुगेको थियो ।

ओभल अफिसबाट सम्बोधन गर्दै ट्रम्पले इरान सम्झौताका लागि भिख मागिरहेको दाबी गरे पनि अमेरिका आफ्नो कार्यतालिका अनुसार नै अघि बढ्ने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *