सुनको भाउ सोमबार तोलाको ३ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।

हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *