काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार सुनको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको हो हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ । यस्तै अघिल्लो दिन प्रति १० ग्राम २ लाख ५५ हजार १४५ रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ थियो।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्