|
२०८३ बैशाख ११
काठमाडौं — नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ भने युरो घटेको छ।
आज अमेरिकी डलरको खरिददर १५०.२८ रुपैयाँ र बिक्रीदर १५०.८८ रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा वृद्धि हो। यस्तै, पाउण्ड स्टर्लिङ पनि बढेर खरिद २०२.८० र बिक्री २०३.६१ रुपैयाँ पुगेको छ।
तर युरोको मूल्य भने घटेर खरिद १७५.५६ र बिक्री १७६.२६ रुपैयाँ कायम भएको छ।
अन्य विदेशी मुद्राहरूमा सामान्य उतारचढाव देखिएको छ। राष्ट्र बैंकले आवश्यक परे जुनसुकै बेला विनिमयदर परिवर्तन गर्न सकिने जनाएको छ, साथै वाणिज्य बैंकहरूमा दर फरक हुन सक्ने पनि स्पष्ट पारेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्