|
२०८२ फाल्गुन ८
काठमाण्डौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल पाँच हजार ६० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९ सय ९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्