|
२०८२ चैत्र १३
काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८१ हजार निर्धारण भएको छ।
महासंघका अनुसार अघिल्लो दिन अर्थात् बिहीबार सुन तोलामा २ लाख ८५ हजार ६०० मा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६०० ले घटेको हो।
त्यस्तै, आज सुन १० ग्रामको २ लाख ४० हजार ९ सय १० कायम भएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४ हजार ६ सय ७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा ४ हजार ८ सय २० रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावका आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्