आज सुन तोलामा १ हजार ३ सय रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ७

काठमाण्डौँ । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १ सय ९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २ सय २५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *