बुधबार सुनको मूल्य १ हजार १ सयले वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २८

काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *