शुक्रबार सुनको मूल्य ३ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाण्डौँ । नेपाली बजारमा आज सुन तोलाको ३ लाख ३ हजार ५०० मा कारोबार भएको छ ।

त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३ सय ४० मा कारोबार भएको थियो ।

यसैगरी, बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २ सय ९० कायम भएको थियो ।

गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २ सय ४० कायम भएको थियो ।

गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २ सय ५० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *