आज सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदैँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज माघ १२ गते सोमबार बाँडफाँड हुदैँ छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज सोमबार दिउँसो ३ः३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको हो। ८ लाख २० हजार जनाले कम्पनीको शेयर पाउने देखिन्छ ।

यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो ।

यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् ।

सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *