बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ अहिले केहीबेरमा बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज शुक्रबार साढे १० बजेपछि बाँडफाँड गरिने भएको हो ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । आवेदन दिएका मध्ये २० लाख ३७ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।
आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न iporesult.cdsc.com.np, meroshare.cdsc.com.np, Mero share App, civilcapitalmarket.com, civilcapitalmarket.com/ipo, buddhabhumihydro.com मा जान सक्नु हुनेछ ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्