सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेडद्वारा जारी शेयरमा नेचासल्यान गाउँपालिकाकाले गम्भीर ध्यानाकर्षन गराएको छ ।
कम्पनीले कातिक २७ गते सार्वजनिक गरेको सुचनामा नेचासल्यान गाउँपालिकाको कुनै पनि क्षेत्रलाइ आयोजनाको अतिप्रभावित र प्रभावित क्षेत्र नसेमेटिएको बिषयमा गाउँपालिकाले गम्भीर ध्यानकर्षण गराएको हो ।
गाउँपालिका अध्यक्ष धनजन राईले एक विज्ञप्ती जारी गदेै सोलु हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजनाले नेचासल्यान गाउँपालिकाका विभिन्न बस्ती तथा प्राकृतिक पर्यावरणमा दीर्घकालीन नकारात्मक असर उत्पन्न गरेको समेत उल्लेख गरिएको छ ।
यसअघि अपर सोलु र मिड सोलु जलविद्युत् आयोजना सञ्चालनकर्ताले नेचासल्यान गाउँपालिकालाई प्रभावित क्षेत्रका रूपमा पहिचान गरिसकेको तथ्य प्रस्तुत गर्दै गाउँपालिकाले हालको सूचनालाई अन्यायपूर्ण भनेको छ ।
जलविद्युत आयोजनाबाट नेचासल्यान गाउँपालिका क्षेत्रभित्र बगिरहेको खाल्पा, सल्यान, सहेले, छुर्पुघाट हुँदै तुइनटार– क्षेत्र भएर बग्ने सोलु खोलालाइ गाउँपालिकाको वडा न –२ माथिको भौगोलबाट नदी पथान्तरण गरी गाउपालिका क्षेत्र बाहिर मोडिएको गाउँपालिकाको दाबी छ ।
उक्त हाइडोपावरका कारण पानी गाउँपालिकाभित्र न्युन भई गाउँपालिकाभित्रका बस्ती, कृषि क्षेत्र, जैविक विविधता तथा स्थानीय जीवन–यापनमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कम्पनीले कात्तिक २७ गते सार्वजनिक गरेको सूचनामा नेचासल्यान गाउँपालिकाको कुनै पनि क्षेत्र आयोजना–प्रभावित क्षेत्रमा नपर्ने उल्लेख गरिएकोमा गाउँपालिकाले कडा आपत्ति जनाएको छ । गाउँपालिकाले सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोलु हाइड्रोपावर लिमिटेडलाई यथार्थ तथ्य परिमार्जन गरी वास्तविक रूपमा प्रभावित स्थानीय बासिन्दालाई प्रभावित क्षेत्रको रूपमा समावेश गर्न आग्रह गरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्