सोलुखुम्बु — सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर बिक्री प्रक्रिया सुरु गर्न लागेको हो।
१० अर्ब रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २० प्रतिशत बराबरका २ करोड कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि राखिएको छ।
कसलाई कति शेयर छुट्याइयो?
- अति प्रभावित क्षेत्र (सोलु दूधकुण्ड–७, ११ र थुलुङ दूधकोशी–१):
४० लाख कित्ता - अन्य प्रभावित वडामा बस्ने स्थानीय बासिन्दा:
६० लाख कित्ता - विदेशी रोजगारमा रहेका नेपालीका लागि:
१० लाख कित्ता
(सर्वसाधारणका लागि छुट्याइएको भागको १०%)
कति कित्ताको लागि आवेदन दिन सकिन्छ?
- न्यूनतम: १० कित्ता
- अधिकतम: १ लाख कित्ता
आवेदन मिति
- स्थानीय बासिन्दा:
छिटो– मंसिर २१
ढिलो– पुस ७ - वैदेशिक रोजगारमा रहेका नेपाली:
छिटो– मंसिर १०
ढिलो– मंसिर २१
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई IRN Double B रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ रहेको छ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक सल्लेरी, लक्ष्मी सनराइज बैंक नेले, र तिङ्गला सोलुखुम्बुस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। दरखास्त फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।
विदेशिएका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्