शुक्रबार सुनको मूल्य ९ सय रुपैँयाले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५ सय ५५ रुपैयाँ तय भएको छ ।

यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *