|
२०८२ माघ २
काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १ सय ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्