|
२०८२ पुष २८
काठमाण्डौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन् । उपेन्द्र प्रसाद पौडेलेको समय अवधि सकिएसँग आज बसेको संचालक समितिको बैठकले चौधरीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
बैंकको ४१ औं बार्षिक साधारणसभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले १२.५० प्रतिशत लाभांश लगायतको सवै प्रस्तावहरु पारित गरेको छ ।
त्यसै गरी बैंकको संचालक समितिको सदस्यमा संस्थापकबाट बैंकका पूर्व सिईओ अनिल केशरी शाह निर्वाचित भएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्