काठमाडौँ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत गरिएको छ। सूचीकृत सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरेका हुन्।
आठ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्राप्त हुनेछ। रु. १,००० अंकित मूल्यका दरले जारी गरिएका ३० लाख कित्ताबाट जम्मा रु. ३ अर्ब बराबरको ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जनाएको छ। ऋणपत्रको रजिष्ट्रार सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
नबिल बैंक हाल देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको अग्रणी बैंक हो। चार दशकभन्दा लामो इतिहासको यस बैंकले नेपाली बैंकिङ क्षेत्रको विकास र आधुनिकिकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्