|
२०८२ पुष ३
सरकारले सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबारलाई पारदर्शी बनाउन कडा नियम लागू गरेको छ।
अब ५ लाख रुपैयाँभन्दा बढीको सुनचाँदी किनबेचमा ग्राहकको केवाईसी अनिवार्य हुनेछ भने १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदरहित (बैंकिङ प्रणालीमार्फत) मात्र गर्न पाइनेछ।
बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नपाइने, शंकास्पद लेनदेन तत्काल रिपोर्ट गर्नुपर्ने र अभिलेख ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
नियम उल्लङ्घन गरेमा १ करोड रुपैयाँसम्म जरिवाना वा दर्ता खारेजी हुन सक्नेछ। सरकारले यस कदमबाट मनी लाउन्डरिङ र अवैध कारोबार नियन्त्रण हुने अपेक्षा गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्