
काठमाण्डौँ । यो साता सेयर बजार परिसूचक २६२३.८३ अंकमा रोकिएको छ । चार दिनको कारोबारमा बजार परिसूचक ३४.१९ अंकले घटेको हो ।
यो साता बजारमा ३५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो जुन दैनिक ८ अर्ब ८० करोड रुपैयाँ बराबर हो ।
अघिल्लो साता पाँच कारोबार दिनमा कुल ३९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन औसत ७ अर्ब ९२ करोड रुपैयाँ बराबरको थियो । कारोबार भएको सेयर संख्या र कारोबार रकम समेत यो साता बढेको छ ।
सेयर बजार परिसूचक पछिल्लो समय पुनः साइडवेजको अवस्थामा रहेको देखिएको छ । यो भनेको ‘घट्दा पनि धेरै नघट्ने र बढ्दा पनि धेरै नबढ्ने’ अवस्था हो । पछिल्लो तीन महिनादेखि बजार परिसूचक २६ सयदेखि २८ सय अंकको बिचमा घुमिरहेको देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया