सिटिजन लाइफको सभा पुस १८ मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा पुस १८, शुक्रबार बिहान ९ः३० बजे आम्रपाली बैंकवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा आयोजना गर्ने भएको छ। कम्पनीले मंसिर २६ मा बसेको सञ्चालक समितिको बैठकमा सभाको मिति तय गरेको हो।

गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट कम्पनीले चुक्तापुँजीको २० प्रतिशत बराबर १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गरेको छ, जुन साधारण सभामा पारित हुनेछ।

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ को आर्थिक वर्षका विवरणहरू, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान विवरण, इक्विटी परिवर्तन र नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ।

साथै, सभाले बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको नियुक्ति, सञ्चालक समितिका सदस्यको सेवा सुविधा, कम्पनी चन्दा र सामाजिक उत्तरदायित्व सम्बन्धी खर्चहरूको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश वितरण र साधारण सभा सहभागिताका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस ७ गतेसम्म शेयरधनीले नेप्सेमा कारोबार गरी कायम भएको शेयरधनी लाभांश पाउने अधिकार राख्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *